काठमाडौँ, २० चैत । देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोः देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू-भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भु-भागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरि सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राति: देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । पहाडी भू-भागहरुका एक-दुइ स्थानमा मेघ गर्जनका सहित क्षणिक वर्षाको संभावना देखिन्छ।