काकड्भिटटा,१९ चैत । झापा, काकड्भिटटाका एक युवा मलेसियामा मृत भेटिएका छन् । मलेशिया स्थित कोतारायामा झापा ,काकटभिट्टा घर भएका गुरुङ २ अप्रिलका दिन विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
निजको शवलाई प्रहरीले पोस्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको छ । अन्दाजी ३५ वर्षका निज गुरुङ विगत ८ वर्ष देखि मलेसियामा नै कार्यरत थिए । निज गुरुङका मलेसियामा श्रीमती र दिदी भेनाजु पनि रहेको छ । हाम्रो दमक बाट साभार गरिएको










