काठमाडौं | चर्चित हास्य टेलिशृंखला ‘भद्रगोल’को युट्युब भ्युज चोरी भएको आशंका गरिएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हास्य टेलिशृंखला ‘भद्रगोल’को युट्युब भ्युज चोरी भएको आशंका निर्माण पक्षले गरेको हो ।मंगलबार आफ्नो फेसबुकमा निर्देशक अर्जुन घिमिरे पाँडेले युट्युब भ्युज चोरी भएको सूचना राखेका छन् ।

हास्य टेलिशृंखला ‘भद्रगोल’ का लेखक तथा निर्देशक अर्जुन घिमिरे पाँडेले युट्युबमा राखिएको ‘भद्रगोल’ को २०४ औँ शृंखलाको बाहिर देखाउने भ्युज र भिडियो खोलेपछि देखाउने भ्युजमा फरक आएको बताएका छन् ।उनले युट्युब भ्युज चोरी तत्काल बन्द गर्न अनुरोध गर्दै आफ्नो आईटी टिम भ्युज चोरी गर्ने व्यक्ति अथवा संगठन पत्ता लगाउने बताएका छन् ।










