काठमाडौँ | रुपन्देहीमा एक पत्रकारकी छोरि अपहरणमा परेकी छिन्।गोरु तस्करको समाचार प्रकाशित भएलगत्तै पत्रकार विन्दु चौहानकी १८ वर्षीया छोरी ममता चौहानको अपहरण भएको हो । गोरु तस्करको समाचार लेखेको रिसमा तस्करले पत्रकार विन्दु चौहानकी छोरीको अपहरण गरेको परिवारले दाबी गरेका छन् ।

राती खाटमा सुतेकी छोरि बिहान नदेखेपछि खोजि गर्ने क्रममा बुधबार बिहान नेपाल भारत सिमानमा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–११ को गहुँबारीमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा फेला पारिएको पारिवारिक स्रोतले जनाएको छ । छोरी अपागं भएका कारण आफै हिँडेर वा घर्सेरसमेत त्यस स्थानसम्म पुग्न नसक्ने चौहान परिवारले जनाएको छ । पारिवारिक स्रोतका अनुसार अपहरणमा परेकी किशोरी हिँड्न र बोल्न नसक्ने सुस्त मनस्थितिकी हुन् ।