दमक/नगरपालिका र ग्रामीण तथा शहरी विकास नेपाल साझेदारीमा संचालित दमकको बेलडाँगी शिविरमा रहेको सेफ हाउसलाइ लायन्स क्लव अफ दमक गोल्डले पानी ट्यांकी प्रदान गरको छ ।

लैङ्गिक विभेदमा आधारित हिंसा पिडित/प्रभावित महिला तथा बालबालिकाहरुलाई तत्काल सुरक्षा दिने सुरक्षा केन्द्र (सेफ हाउस )लाइ क्लवका अध्यक्ष काशी खातीको अग्रसरतामा पानी ट्यांकी प्रदान गरिएको क्लवका सचिब नबिन ताम्राकारले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्लवका सदस्यहरुले ब्याक्तिगत सहयोग उठाएर यो प्रदान गरिएको पनि सो अवसरमा जानकारी गराइएको थियो । क्लवका अध्यक्ष खातीले ग्रामीण तथा शहरी विकास नेपालकी बसन्तलक्ष्मि उदासलाइ ट्यांकी हस्ताण्तरण गरेका थिए ।