काठमाडौं । ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई बानेश्वर भीमसेन खोलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

समस्याग्रस्त सहकारी समितीको प्रतिवेदनका आधारमा १४ करोड ठगी गरेको प्रतिवेदन सरकारले बुझाएपछि बस्नेतलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले गठन गरेको छानबिन समितिको निर्देशनपछि बस्नेत पक्राउ परेका हुन् ।

बस्नेत पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । रातो पाटि बाट साभार