दमक/गौरादहको खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचनमा अध्यक्षमा पराजित भएका दुर्गा गौतमले बिजेताहरुको सपथ कार्यक्रममा सहभागि भएर शुभकामना दिएकाछन् ।
उनले आफ्ना मतदाताहरुलाइ धन्यवाद दिदै नयाँ आएको नेतृत्वका सकारत्मक कामहरुलाइ सधै सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकाछन् ।
गौतमले निर्वाचनमा हार र जित स्वभाविक रहेको जनाउदै जित हासिल गर्ने बाबुराम भण्डारी सहित सबैलाइ शुभकामना दिए ।
उनले अधिकतम् रुपमा उपभोक्ताको हितमा काम गर्न पनि आग्रह गरे ।
गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह लगायत यहाँ रहेका राजनीतिक दलका नेताहरु समेत उपस्थित कार्यक्रममा गौतमले देखाएको हार्दिकतालाइ प्रशंशा गरेका थिए ।











