काठमाडौं, चैत २१

जनमत पार्टीको नेतृत्व गरिरहेका सिके राउतले प्रदेश–२ सरकारले हावाहुरी पीडितसम्म राहत पु¥याउन नसकेको भन्दै चर्को आलोचना गरेका छन् । बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै राउतले मुख्य मन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारको आलोचना गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हावाहुरीका कारण घरबारविहिन भएकाहरुलाई खानासमेत खुवान नसकेको भन्दै सबैकाम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि भन्ने प्रश्न उठाएका छन् । विभिन्न विदेशी पाहुना आउदा लाखौं र करोडौं रुपैयाको भोजभतेर खुवाउदा केन्द्र सरकार बाधक नहुने तर पीडित जनतालाई खाना खुवाउन बाधक हुने भनेर सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको हो ।

उहाले केन्द्र सरकारलाई दोष लगाएर प्रदेश सरकारले आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको आरोप समेत लगाउनु भएको छ ।

यस्तो छ उहाको स्टाटस –

केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन। भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन। जनतासँग छाला काढे सरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन। तर अहिले भोक-भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०-२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल-भात खुवाउन मुख्यमंत्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ। हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ?

के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ?

#असक्षम #भ्रष्ट #दलाल #प्रदेश_नं_२_सरकार