काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने घोषणा गरेका छन्।प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न पनि ट्राफिक प्रहरीहरुलाई पुनः सचेत गराए। उनले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए।

बिहीबार काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन टिम’ कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न पनि आह्वान गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी महानिरीक्षक खनालले काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या आउन नदिन सडक व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका, सडक विभागलगायतका सम्बन्धित निकायले पनि आवश्यक सहयोग गर्नुपर्ने दोहो–याए।