झापाको गौरादह नगरपालिका-१ मा वुधवार माटोको ढिस्कोले पुरिएर १ बालकको मृत्यु भएको छ ।

निर्माणाधिन अवस्थामा रहेको नालीमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोही स्थान बस्ने बर्ष ७ को सुमन कर्मकार साँझ ६ बजे गम्भीर घाइते भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते बालकलाई उपचारको लागि दमक स्थित लाईफ लाईन अस्पताल पठाईएकोमा उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

बालकको शव परिक्षणको लागि सोहीअस्पतालमा राखिएको छ ।