काठमाण्डु,२१ चैत्र – प्रदेश २ मा चैत १४ र १५ गते भएको एसईई परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत थिए । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत बाहिरिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची दाइ विष्णदेव यादवलाई पठाएका थिए ।

यादवले पहिले मनोजलाई पठाएका थिए त्यसपछि मनोजबाट क्रमशः उमेश हुँदै सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । प्रश्नपत्र लेनदेनका क्रममा हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लेनदेन भएको देखिएको प्रहरीको भनाइ छ ।