काठमाडौं। सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका आँधि हुरी प्रभावितहरुका लागि चार लाख राहत उपलब्ध गराएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बिहीबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव शिशिरकुमार ढंगानालाई सो राहत रकम हस्तान्तरण गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री राहत कोषमार्फत् बारा र पर्साका आँधि हुरी प्रभावितहरुका लागि ४ लाख राहत रकम हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अध्यक्ष रहने सो कम्पनीको गत बुधबार बसेको बैठकले कम्पनीको सामाजिक उत्तरदायित्व कोषमा रहेको सो रकम बारा र पर्साको आँधि हुरी प्रभावितलाई राहत दिने निर्णय गरेको थियो। हालसम्म ३ अरव ९ करोड मुनाफा आर्जन गर्न सफल सो कम्पनीले राज्यलाई १ अरब ६५ करोड कर बुझाई सकेको छ।