भद्रपुर । झापाको कचनकवल सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । कचनकवल गाउँपालिका ६ स्थित लाहुरे चोकको भित्री खण्डमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको मे १ ज २५६२ नम्बरको म्याजिक भ्यान (गाडी) र विपरित दिशाबाट आउँदै गरेको मे ८ प २१७१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक भद्रपुर १ बस्ने २२ बर्षीय बन्धन भन्ने राजिव लिम्बु, र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २३ बर्षीय सनम लिम्बु घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ, भने गाडीसहित चालक भद्रपुर २ बस्ने लक्ष्मण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड