सुनसरी । व्यापारीले प्रहरीकै पेस्तोल खोसेर सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका छन् । भारतबाट ल्यााएका सामान चेकजाँचको क्रममा व्यवसायीले प्रहरी नायक निरीक्षक(सई) माथि गोली प्रहार गरेका हुन् ।

भोक्राहा गाउँपालिकाका स्थानीय व्यापारी र प्रहरीबीच विवाद हुँदा सुरक्षाकर्मीमाथि गाेली हानिएकाे हाे । व्यवसायीकाे गाेली प्रहारबाट २ सुरक्षाकर्मी घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भोक्राह ७ को चेकप्वाइन्टमा रहेका भुटाहा प्रहरी चौकीका सई चन्द्र कुमारशाक्यले भिरेको पेस्तोल खोसेर स्थानीय व्यापारी ज्याबुल मन्सुरीले गाेली हानेका हुन् । गाेली प्रहार गर्दा दुवै जना घाइते भएका छन् । चेकजाँचका क्रममा विवाद हुँदा मन्सुरीले पेस्तोल खोसेर गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सई शाक्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मन्सुरीलाई धरानस्थित वीपी काेइरालालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । जनता समाचार  बाट साभार