दमक/झापाको दमक ३ मा कुपीको आगो सल्केर गम्भिर घाइते भएका एक ११ महिने बालकको उपचारमा सहजता प्रदान गर्नका लागि लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष काशि खातीले चासो देखाउदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । अस्पताल पुुगेर घाइतेकी आमालाइ भेट्दै यस्तो प्रतिबद्धता जानएकाहुन् ।

अत्यन्त गरिबीका कारण उपचार र अस्पताल बस्दा खान समेत समस्यामा परेको मानबहादुर र ममता भुजेलको परिवारलाइ सहयोग गर्ने खातीले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालक अस्पतालमा रहदा बालक सहित उनको परिवारको खाइखर्च र आवश्यक सामाग्रिहरुको खर्च आफुहरु बेहोर्ने खातीले जनाए । अस्पतालबाट छुटेपछि पनि केहि महिना पुग्ने खाद्य सामाग्रि उपलब्ध गराउने उनले बताएकाछन् ।

बालकका बुबाआमा मजदुरी गर्छन् भने जग्गा जमिन रहेको छैन । खातीले स्वास्थ्य बीमा पनि गराइदिने जनाए ।

११ महिनाका बालक कुपीको आगो सल्केर एकसाता अघि गम्भिर घाइते भएका थिए । आर्थिक अभावले तीन दिनसम्म उपचार पाएका थिएनन् ।

दमक नगरपालिकाको पहलमा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

बालकको शरिरको करिब २० प्रतिशत भाग जलेको र घाँउ भएको अवस्थामा यहाँ ल्याएको अस्पतालका डा. समिर भट्टराइले बताए । यस्तो अवस्थामा उपचारमा लामो समय राख्नु पर्ने बताइन्छ ।