काठमाडौ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुईसहित चार सचिव पद रिक्त रहँदासमेत पदपूर्ति प्रक्रिया सम्पन्न गर्न सकेको छैन । हाल प्रधानमन्त्री कार्यालयमा दुई, महिला बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एकएक गरी चार सचिव पद रिक्त छन् ।

विभिन्न निकायमा सचिव पद रिक्त रहेको हप्तांै बितिसक्दा समेत सरकारले पदपूर्ति गर्न नसक्दा ती निकायका कार्य प्रभावित भएका छन् । महिला मन्त्रालयमा सचिव पद रिक्त रहेको एक महिना बितिसक्दा समेत सरकारले त्यहाँ कसैलाई पनि सचिवका रूपमा पठाउन सकेको छैन । राजधानी दैनिकमा खबर छापिएको छ ।