जनकपुरधाम । हावाहुरीसहितको वर्षाबाट जनकपुरधाममा लाखौँको क्षति भएको छ । हावाहुरी र वर्षातको कारण जनकपुरधाममा जारी खाद्य मेला प्रभावित भएको छ । शुक्रबारदेखि तीन दिनसम्म चल्ने मेलाको पंडाल, स्टल र मञ्च हावाहुरीले उड़ाएको छ ।

जनकपुरको रामानन्द चोकमा आजैदेखि सुरु भएको चैतेदशैँका लागि लगाइएको लाखौँको पंडाल पनि पूर्णरूपले क्षतिग्रस्थ भएको छ । रंग भूमि मैदानमा आजदेखि प्रदेश २ अंतर्गतको क्रिकेट खेलाड़ी छनौट प्रतियोगिता समेत पानीले गर्दा प्रभावित भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार बिहान आएको आधा घण्टाको वर्षाले गर्दा जनकपुरको विभिन्न स्थानको दूई दर्जन भन्दा बढी घरमा पानी पसेको छ । अहिले जनकपुरका प्रमुख चौक र बाटोमा पानी जमेको छ । जानकी चौक, जनक चौक, रामानंद चौक, पुराणो बस पार्क लगायतको स्थानहरुमा बाटोमा पानी जमेको हो ।

धनुषामा कुनै मानवीय क्षति नभएको तर भौतिक रुपमा टेन्ट, पंडाल र कार्यक्रमस्थलहरु प्रभावित भएको प्रहरीले जनाएको छ ।