काठमाडौं । पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई शनिबार हृदयघात भएको छ । शनिबार काठमाडौबाट बुटवलतर्फ लाग्नु भएका वरिष्ठ साहित्यकार प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयघात भएको हो ।
बाटोमा यात्रा गरिरहेको बेला हृदयघात भएपछि उहाँलाई त्यहाँबाट तकालै फर्काएर ललितपुरको भैंसेपार्टीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । अस्पताल पु्रयाए लगतै उहाँको एनजिओ प्लास्टी गरिएको छ ।
मुटुको भल्भमा जमेको रगत हटाइएपछि अहिले सिसियू उपचार कक्षमा राखिएको छ । उहाँको होस फिरेको र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।










