काठमाडौ । धुम्रपान हरेक मानिसको स्वास्थ्यको लागि हानिकारक हुन्छ । तर पुरुष होस् वा महिला दुवैको चुरोट खाने संख्या दिनानुदिन बढ्दो छ । एक अध्ययनको अनुसार चुरोट खाने पुरुषलाई भन्दा महिलालाई बढी खतरा हुने जनाएको छ । त्यसैले चुरोटले महिलाहरुमा बढ्दो सहरीकरणसँगै यस्ता १० समस्याहरु देखा पर्दछ । हेर्नुस् , के के हुन् ?

१ं महिलाहरुले धुम्रपान गर्नाले बाँझोपन तथा गर्भपतनको समस्था पैदा हुन्छ ।

२. चुरोटको सेवनले भ्रुणको विकासमा रोकावट आउनुको साथै बच्चाको प्रजनन् क्षमतामा असर पुग्छ ।

३. धुम्रपान गर्ने महिलाहरुको स्तनमा दूधको मात्रा घट्दै जान्छ ।

४. जुन महिलाले बच्चा गर्भमा हुदाँ धुम्रपान गर्छिन् , उसको बच्चा कुपोषणको शिकार हुन्छ ।

५. धुम्रपाने गर्ने महिलाहरुको हड्डी कमजोर हुदै जान्छ ।

६. चुरोटको धुँवाले मुटु, फोक्सो र मृगौलामा असर गरी क्यान्सर हुने खतरा हुन्छ ।

७. धुम्रपानले हाम्रो शरिरमा अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा समस्या आई दम रोग लाग्छ ।

८. धुम्रपानले महिलाहरुको अनुहार र छालामा चाउरीपना आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय