सुनसरी । आजदेखि शुरु हुने सुनसरीको वराहक्षेत्र नपा स्थित प्राचीन हरिद्धार चतराधाम कुम्भनगरीमा आयोजना हुने दोस्रो पिण्डेश्वर अर्द्व महाकुम्भ महोत्सव उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
सुनसरीको चतराधाममा एक महिनासम्म लाग्ने कुम्भ मेलाको उद्घाटन गर्न प्रधानमन्त्री ओली चतरा आउने कार्यक्रम तय भएको थियो । तर, आज बिहानैदेखि मौषम खराबी भएपछि प्रधानमन्त्री ओली चतरा नआउने भएका हुन् ।हावाहुरीका कारण मेलाका स्वागत गेटहरू लडाउनका साथै तथा व्यानरहरू उडाएकाे थियाे।
यस पटकको अद्र्ध कुम्भमेलाको १ नं प्रदेश सरकारले सम्पन्न गर्नको लागि जिम्मेवारी लिएको छ । प्रदेश सरकारले मेला सम्पन गर्नका लागि ५० लाख रुपैया सहयोग गर्ने निर्णय गरेको आयोजकले बताएको छ । धार्मिक हिसावले शास्त्रीय प्रमाणका आधारमा एकदमै महत्वपूर्ण मानिएको कुम्भ मेला संन्चालनका लागी २ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
चैत्र २२ गते मेलाको उद्घाटन पूर्वसन्ध्यामा धरानको पिण्डेश्वर बाबा धामबाट प्रदेश नं. १ का मु्ख्यमन्त्री शेरधन राईको अगुवाईमा कलश यात्राको प्रारम्भ हुने भनिएकाेमा व्यस्तताकाे कारण राईकाे समेत उपस्थिति भएकाे थिएन ।










