राजबिराज/मधेशी मोर्चाको अवरोध र बन्दको अवज्ञा गर्दै नेकपा एमालेले राजबिराजमा बिशाल आमसभा गरेको छ । हजारौ मधेशीहरु उक्त कार्यक्रममा सहभागि भएकाछन् भने मधेशी मोर्चाका कार्यकर्ताहरु भागरेभाग भएको छ ।
राजबिराजमा भएको आमसभामा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले मधेशी जनताको घरमा मात्र नभएर मनमा पनि बसेकाले एमालेलाइ जनताको मनबाट हटाउने परिकल्पना कसैले पनि नगरे हुने बताएकाछन् ।
एमाले जनताको पार्टी भएकाले दूइचारजना उफ्रदैमा र एकदूइवटा कालोझण्डा देखाउदैमा नतर्सिने बताउदै ओलीले तराइ र मधेशमा बिकासको नयाँ लहर ल्याउन सबै एमाले बनिसकेको दाबी गरे । उनले भने–‘एमालेले बिकास गर्छ र जनतालाई सबै अधिकार दिन्छन् भनेर डराउनेहरुले एमालेलाइ छेक्न खोज्दा एमाले रोकिने पार्टी होइन, जनताको घर आगनमा एमाले अहिलेमात्र होइन सधै आउछ । विभिन्न अवरोध गरे पनि ती अवरोधहरुलाई छिचोल्दै एमालेले राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आमसभा गरेको हो ।



