कविराज घिमिरे/धनकुटा, चैत २३ । आयोजक र स्थानीय प्रशासनबीच तालमेल नहुँदा संखुवासभाको तीनजुरे क्षेत्रमा ‘क्याम्पिङ’का लागि आएका सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । शक्ति पिक म्यूजिक प्रालिले कार्यक्रम आयोजना गर्न लागेको थियो । तर, स्थानीय प्रशासनले कार्यक्रम नै गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।

हजारभन्दा बढी विदेशी पर्यटकलाई लक्षित गरी शक्ति पिक म्यूजिकले गुराँसको राजधानी भनिने तीनजुरे क्षेत्रमा क्याम्पिङ आयोजनाको तयारी गरेको थियो । स्थानीय मादी नगरपालिकासँग कार्यक्रमका लागि स्वीकृति लिइ पर्यटक झिकाइए पनि कार्यक्रमस्थल पुग्नै लाग्दा सुरक्षाको कारण देखाउँदै उनीहरुलाई धनकुटा र तेह्रथुमको सीमानामा रहेको चित्रे बजारमै रोकिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले विभिन्न १०२ देशका १२ सयभन्दा बढी पर्यटक सो क्षेत्रमा अलपत्र परेका छन् । यता, जिल्ला प्रशासन कार्यालय संखुवासभाले भने लागुपदार्थको प्रयोग, अश्लील गतिविधि, खुला यौन व्यवहारजस्ता क्रियाकलाप हुनसक्ने भन्दै विज्ञप्ति नै निकालेर कार्यक्रमलाई रोक लगाएको जनाएको छ । ईमेज खबर बाट

भिडियो हेर्नुहोस्

https://www.facebook.com/imagekhabar.com.np/videos/426628608098865/