द्यमक ।  भद्रपुर नगरपालिकाले दक्षिण कोरियाको गेङवोन प्रदेशको ‘एन्जे काउण्टी’ संग भगिनी सम्बन्ध बिस्तार गर्ने भएको छ । काउण्टी कृषि प्रविधि केन्द्रका आधिकारिक प्रतिनिधि मेयाड्ड हो–छो संग शुक्रबार भद्रपुर नगरपालिकामा यस बिषयमा छलफल भएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनु भयो ।

संघीय सरकारसंग अनुमति लिएर भगिनी सम्बन्ध अघि बढाउने बिषयमा छलफल भएको र यो प्रक्रिया तत्कालै अघि बढाउन पहल गरिने पनि श्रेष्ठले बताउनु भयो । पुर्व सामान्य प्रशासन राज्यमन्त्री जीतु गौतम, भाषा बिज्ञ श्रीप्रसाद लिम्बु लगायत छलफलमा सहभागि रहनु भएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भगिनी सम्बन्ध बिस्तार गरेर यहाँबाट मौसमि कृषि मजदुर लैजान सकिने सम्भावाना धेरै रहेको जनाउदै यसमा दक्षिण कोरियाको एन्जे काउण्टी सकारत्मक रहेको मेयाड्ड हो–छोले बताएको पनि नगरप्रमुख श्रेष्ठले बताउनु भयो । कृषि कामदारहरु लैजानका लागि आफुहरु तयार रहेको उहाँले जानकारी गराउनु भएको छ, श्रेष्ठले भन्नुभयो ।

नगरपालिकाको तर्फबाट संघीय सरकारसंग अनुमति लिएर आवश्यक प्रक्रिया पुर्याएर आफुहरु भगिनी सम्बन्ध राख्न तयार रहेको जानकारी सहितको पत्र सो अवसरमा हस्ताण्तरण गरिएको पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भएको छ । भगिनी सम्बन्ध बिस्तारका लागि हामी दुबैपक्ष सम्पर्कमा रहने सहमति र समझदारी बनेको छ, उहाँले भन्नुभयो ।