काठमाडौं– आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान आजदेखि शुरू हुने भएको छ । काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीनगरमा बाल ब्रह्मज्ञानी गुरू आदित्यको सान्निध्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा महायज्ञ महाअनुष्ठान हुन लागेको हो ।
महायज्ञ आइतवारदेखि आगामी ३० चैतसम्म चल्ने आदि महायज्ञ मूल समितिले जनाएको छ । कार्यक्रमकै क्रममा त्रि–गजुर शिवालयको प्राणप्रतिष्ठा समेत गरिने छ ।
आइतवारदेखि शुरू हुने कार्यक्रममा बिहान ८ बजे मंगल कलसको कार्यक्रम रहेको छ । त्रि–गजुर शिवालयको प्राणप्रतिष्ठा विधिपूर्वक शुभारम्भको कार्यक्रम ७ देखि ४ बजेसम्म रहेको छ ।
सोमवार, मंगलवार र बुधवार बिहान साढे ५ देखि साढे ६ बजेसम्म ध्यान योग शिविरको कार्यक्रम रहेको छ भने बेलुका ४ बजे आरतीको कार्यक्रम रहेको छ ।
चैत ३० गते शनिवार अपराह्न ५ बजे भोजनप्रसाद ग्रहण गरी कार्यक्रमको समापन गरिने कार्यक्रम छ । समापन कार्यक्रममा समेत प्रधानमन्त्री ओलीको उपस्थिति रहने आयोजक समितिले जनाएको छ । लोकान्तर बाट










