काठमाडौं, २४ चैत । यस वर्षको चैत सकिन लाग्दा पनि काठमाडौंलगायतका देशका धेरै जिल्लामा गर्मीको महसुस गर्न सकिएको छैन । अझै पनि चिसो नै छ ।

देशभरको मौसम दिन बिराएर बिग्रँदै आएको छ । बारा र पर्सामा विनाशकारी आँधीबेहरीको क्षतिले सबैलाई झस्काएको छ । शनिबार पनि तराईका विभिन्न जिल्ला त्यस्तै प्रकारका हावाहुरी गएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा विनाशकारी आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको महाराजगन्ज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा आँधीबेहरी आउने सम्भावना भएको जनाएको हो ।

सो समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ । मन्त्रालयअन्तर्गत प्रभारी निर्देशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो । भारतले सचेत गराएका क्षेत्र नेपालको लुम्बिन आसपासका क्षेत्र हुन् ।