काठमाडौ । हाम्रो स्वास्थ्यको लागी दैनिक एक गिलास दुध पिउनु निकै लाभदायक हो । किनभने दूधमा हामीलाई चाहिने पौष्टिक पदार्थ तथा क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ । जसले हाम्रो मतिष्कलाई निकै फाइदा पुर्याउछ । तर यदि दूध पिउदा सामान्य केही कुरामा ध्यान दिइएन भने स्वास्थ्यको लागी खतरा पनि हुन सक्छ । त्यसैले हरेक दिन दूध पिउदा दूधसँग यी ६ चिज भुलेर नखानुस् । के के हुन् ?

दुधसँग नुन र करेला
हामीले दुधसँग नुन र करेला खानु स्वास्थ्यको लागी हानिकारक हो । यसले शरिरका विभिन्न किसिमका रोगहरु लाग्न सक्छ ।

दुधसँग कालो दाल
दुधसँग कालो दाल खानु पनि राम्रो होइन् । किनभने यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

दुधसँग तिल
यो दुई चीज पनि एकैचाटि खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन् । त्यसका लागी दुध खाएको १ घण्टापछि मात्र तिल खानुपर्छ । यदि सगै खाएमा छालासम्बन्धी विभिन्न रोगहरु लाग्न सक्छ ।

दुध र कागती
दुध र कागती पनि सँगै खानु स्वास्थ्यको लागी फाइदाजनक होइन् । यसले विभिन्न समस्याहरु निम्त्याउन सक्छ ।

दूध र दही
दूध र दही पनि एकैचोटि खानु स्वास्थ्यको लागी हानिकारक हो । यसले शरिरमा छाला रोग लाग्दछ ।

दुधसँग मूला, जामुन, माछा
हाम्रो स्वास्थ्यको दृष्टिकोणले दूधसँग मूला, जामुन, माछा जस्ता चिजहरु खानु पनि हानिकारक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय