जनकपुरधाम-प्रदेश सरकारले चैत्र ३० गते शोक दिवस मनाउने निर्णय गरेको छ । बारा र पर्सामा आएको आँधीबेहरीका कारण मृत्यु भएकालाई श्रद्धान्जली दिनका लागि प्रदेश सरकारले शोक दिवस मनाउने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रीपरिषदको बैठकबाट चैत्र ३० गते प्रदेश सरकारले प्रदेशका सम्पूर्ण कार्यालयले ११ बजे दुई मिनेट शोक मनाउने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने, ‘त्यस दिन मौन धारण गरेर श्रद्धान्जली अर्पण गर्दै शोक मनाउन सबै कार्यालयहरुलाई पत्राचार समेत गरीसकिएको छ ।’

त्यसै गरी मृतक परिवारलाई किरिया खर्चबापत २५ हजार रुपियाँ उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ । उक्त रकम आउँदो मंगलवार वितरण गरिने यादवले बताए । लोकान्तर बाट