काठमाडौं –रुकुम पश्चिममा आयोजित वृहत् सांस्कृतिक सम्मेलनको उद्घाटनमा मुख्यमन्त्रीदेखि, पूर्व गृहमन्त्रीदेखि प्रदेशका मन्त्रीसम्म छमछमी नाचेका छन् ।

नयाँ तरिकाबाट उद्घाटन भन्दै पूर्वगृहमन्त्री जनार्दन शर्माले फेसबूकमा राखेको भिडियोमा शर्मासहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रि बिमला केसीसम्म छमछमी नाचेको देख्न सकिन्छ । जनवादी गायक जीवन शर्माले सिट्ठी फुकेका छन् । सबैलाई परम्परागत पोशाकमा देख्न सकिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतवार शुरू भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

हेर्नुहोस्, भिडियो :

https://www.facebook.com/janardan.sharma.5661/videos/2801635600060919/

लोकान्तर बाट