काठमाडौं। धनकुटाबाट धराउ आउँदै गरेको बस धरानमा दुर्घटना हुाँ चार जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरान आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ र यात्रु बलबहादुर मगरको पहिचान खुलेको छ भने एक महिला र उनकी छोरीको नाम खुल्न सकेकाे छैन। घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।