काठमाडौं। स्याङ्जाको पुतलीबजारमा आइतबार राति फुल चोरी भएको छ । पुतलीबजार नगरपालिकाको वडा नम्बर ३ बाडखोलास्थित अनन्तकुमार श्रेष्ठको घरबाट फूलसहितको गमला चोरी भएको हो । श्रेष्ठको घरको सिंढीमा फूलसहितको ९ वटा गमला थियो । तर त्यसमध्ये एउटा हरायो ।

जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत चोरलाई फूल लगे पनि गमला भने फिर्ता गर्न आग्रह गरेका छन् । ‘आदरणीय चोर ज्यू, मेरो घरमा राखेको फूलसहितको गमला लानु भएछ’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘ यहाँलाई फूल मन परेको हुनसक्छ । त्यो फूल राख्नुस तर गमला चाँही फिर्ता गर्नुस् है ।’ हेर्हुहोस् उनको फेसबुक पोष्ट -