काठमाडौं। मलेसियामा बस दुर्घटनामा परी दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ।
विभिन्न देशका ४३ जना कामदार सवार उक्त बस स्थानीय समयअनुसार आइतबार राति ११ बजेतिर दुर्घटना भएको हो।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्दै आएका उनीहरु सबै होस्टेलबाट काममा जाँदै गरेको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा जनाइएको छ।
मृत्यु हुनेमा ड्राइभर, दुई जना नेपाली, पाँचजना बंगलादेशी र तीन जना इन्डोनेशियन महिला रहेका छन्। दुर्घटनामा परी घाईते भएकाहरुलाई भने त्यहाँको विभिन्न अस्पतालमा लगिएको जनाइएको छ।










