धरान / धरानको जिरो प्वाइन्टमा भएको दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४० जना घाइते भएका छन् भने ती मध्ये ६ जना गम्भिर घाइते भएका छन् । धनकुटाको ६ नम्बर बुधबारेबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटनाग्रस्त भएको हो ।
बसमा च्यापिएर ४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। संख्या ४० भन्दा बढी रहेको छ । घाइतेहरु सबैको हाल वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा धरान–८ का चालक चक्रबहादुर गुरूङ, धनकुटा चौबीसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र उनकी ५ महिनाकी छोरी डेनी मगरकाे घटनास्थलमै मृत्यु छ ।
तस्तै दुर्घटनमा परी घाइते हुनेहरूमा इटहरी ५ का २४ वर्षीया दिवा सुवेदी, धनकुटा चौविसेकी ३० वर्षीया शान्ता तामाङ, धनकुटा साँगुरीगढी–६ भेडेटारकी ४ वर्षीया प्रियका विक, धनकुटा चौबिसेकी ५ वर्षीया लजिता मगर, २० वर्षीया मिनराज मगर र ४० वर्षीया धर्मकुमारी मगर , धनकुटा कुरूले–३ २५ वर्षीय भक्तकुमार याख्खा, तेह्रथुम फाक्चामाराकी २२ वर्षीया सुस्मिता लिम्बू, २ वर्षीया छोरी नुम्मा लिम्बू पनि घाइते भएका छन् ।
धनकुटा मुढेबास वडा नं ८ की २० वर्षीया सीता मगर, मोरङ केराबारी–५ की ११ वर्षीया आताना तामाङ, धनुकटा साँगुरीगढी–५ का एकै परिवारका तीनजना घाइते भएका छन् ।










