मणि लामा दोहा,कतार|
नेपाल मै रोजगारी दिने उदेश्यले ६ बर्ष अघि स्थापना भएको छिमेकी मार्ट लिमिटेड नेपालको छैटौं वार्षिक साधारणसभा,गत शुक्रबार कतारको दोहामा सम्पन्न भएको छ।
छिमेकी मार्ट्का अध्यक्ष तथा कार्यक्रमको सभापति समेत रहनु भएका शंख लाल तामाङले आर्थिक बर्ष २०७४/७५ को प्रगति प्रतिबेदन प्रस्तुत गर्दै "वैदेशिक रोजगारीमा भएका ब्यक्तिहरुको लगानी भएको यो मार्ट्ले देशमा केही बेरोजगारी युवाहरु लाई रोजगारी दिलाउनुका साथसाथै आर्थिक क्रान्ति लाई अगाडि बढाइ रहेको" बताउनु भयो।हाल सम्म ८८ जनाको शेयर रहेको यो मार्टमा,मेगा भिजन(बृहत परिकल्पना) हुँदै, छिमेकी भिजन प्रस्ताव लाई "लक्ष्य देखि सफलता सम्म पुर्याउन" का निमित्त कतार लगायत विभिन्न देशहरुमा सामुहिक लगानीका लागि आव्हान कार्यक्रम समेत गर्दै आइरहेको अध्यक्ष तामाङले बताउनु भयो ।
संचालक समितिका फाइनान्स डाइरेक्टर राज कुमार तामाङले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै, देश मै रोजगारी दिने उदेश्य लिएर सन २०१२ मा स्थापना भएको "छिमेकी मार्ट लिमिटेड" नामक मिनि सुपर मार्केट हाल काठमाडौं को बौद्ध -६ रामहिटि, सरस्वती नगर र गो.न.प -७ शिव चोक स्थित डुकु कम्प्लेक्समा छिमेकी मार्टको तेस्रो शाखा संचालन भइरहेको बताउनु भयो ।

नेपाल प्रबासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव भुजेललाई प्रमुख अथिती र महासंघ कतारकै प्रमुख सल्लाहकार देवराज राई तथा नेपाल प्रबासी तामाङ समाज कतारका वर्तमान अध्यक्ष तिर्थथिङ तामाङलाई वि:शेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो भने अतिथिको रूपमा प्रकाश मम्ब तामाङ, ललित कुमार तामाङ लगायत अन्य ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा वक्ताहरुले छिमेकी मार्टको प्रगति र चुनौतीको बारेमा औल्याउँनु भएको थियो ।

कार्यक्रमको पूर्वसन्ध्यामा मार्टका लगानी कर्ता प्रेम घिसिङ तामाङ, धिरेन तामाङ, गौतम तामाङ, लगायत नयाँ तथा पुरानो शेयर धनीहरुलाई छिमेकी मार्टको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।मार्ट संचालक समितिका सदस्य सुक बहादुर तामाङको स्वागत मन्तव्य सँगै औपचारिक रुपमा शुरु भएको उक्त कार्यक्रम,तेज मोक्तान तामाङले संचालन गर्नु भएको थियो ।










