फागुन २४ : सप्तरी घटनापछि बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले फागुन २४ र २५ गते दुई दिन मधेस बन्द गर्ने निर्णय गरेको छ। संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुनेमा सोमबार राति बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पनि छलफल भएको थियो। तर त्यस विषयमा औपचारिक निर्णय भने गरेको छैन । बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे अन्तिम छलफल गर्ने गरी मंगलबार ३ बजे पुनः मोर्चाको बैठक बस्ने निर्णय गरेको छ । नेता केशव झाका अनुसार आजको बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर अनुपस्थित भएका कारण सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय हुन सकेन। भोलि समर्थन फिर्ताको निर्णय लिएर त्यसको जानकारी भोलि नै सभामुख ओनसरी घर्तीलाई पत्रमार्फत दिइने महासचिव झाले बताए। मेची महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि गोली चलाउँदा चार जनाको मृत्यु भएपछि मोर्चाको आकस्मिक बैठक बसेको थियो। सप्तरी झडपमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको विज्ञप्तिमा उल्लेख छ।
सप्तरी काण्डको बिषयमा यसो भन्यो मोर्चाले
सवाल नेपालसंवाददातामंगलबार, २२ फागुन २०७३

सप्तरी काण्डको बिषयमा यसो भन्यो मोर्चाले
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



