बारा, चैत २६/बारामा आएको हावाहुरीले पीडितलाई थप पिडा दिएको छ । एक साता अघि आएको हावाहुरीले घरबार विहिन भएकाहरुको पिडा हराउन नपाउदै आज विहान पुन हावाहुरी आएको हो ।

हुरीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् । केही स्थानमा घरका छाना उडाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गतसाताको हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्।

असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।

करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् ।