काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरी घटनाका विषयमा जानकारी लिन गृहमन्त्री विमलेन्द्र निधिलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाउन निर्देशन दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले गृहमन्त्री निधिलाई फोन गरेर प्रमुख जिल्ला अधिकारी उद्धव तिमलसिना र प्रहरी प्रमुख दिवेस लोहनीलाई काठमाडौं आजै बोलाउन भनेका हुन् ।

सप्तरी घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग जानकारी लिएपछि पुनः पठाइने जनाइएको छ ।

तर, गृहमन्त्री निधिले सिडिओ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन् वा होइनन् यस विषयमा उनको निजी सचिवालयसँग राखिएको जिज्ञासामा अनभिज्ञता जनाएको छ ।

सप्तरी घटनामा तीन जनाको ज्यान जानुका साथै दुई दर्जन बढी घाइते भएपछि मधेसी मोर्चाले सरकारको कडा आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah