काठमाडौं- महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले चोरीको गाडी सहित १ जनालाई पक्राउ गरेको छ ।
ललितपुर ग्वार्कोबाट बा.६ च ४४२५ नम्बरको डीआई गाडी चोरी भएको भनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोलबाट खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क आकाशेपुल मुनि चेकजाँच गर्ने क्रममा मंगलवार माछापोखरीबाट बीजी महलतर्फ आउँदै गरेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको हो ।
चालक ललितपुर महालक्ष्मी नगरपालिका-१४ बस्ने कमल महर्जन समेतलाई पक्राउ गरिएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










