काठमाडौं– सर्वोच्च अदालतले एनसेल लाभकरको विषयमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । मंगलवार फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलको लाभकर असुल गर्न ठुला करदाता कार्यालयलाई आदेश दिएको हो ।
सर्वोच्चले एनसेल खरिद विक्री वापतको पुँजीगत लाभकर एक्जियटाबाट असुल गर्न आदेश गरेको हो । लाभकर असुल नभएसम्म कम्पनीको नाफा लैजान नपाउने सर्वोच्चको आदेश छ । त्यस्तै लाभकर असुल नभएसम्म कम्पनीको लाभांश वितरण तथा सेयर खरिद विक्री समेत रोक्का गर्न सर्वोच्चको आदेश रहेको छ ।
यसअघि एनसेलको कर विवादको विषयमा छुट्टाछुट्टै ४ मुद्दा दायर भएका थिए । ठूला करदाता कार्यालयका अनुसार सरकारले ६० अर्ब ७१ करोड रुपैयाँ लाभकर पाउन पर्ने थियो । हाल एनसेलले तिर्नु पर्ने कुल लाभकर करिब ७१ अर्ब रुपैयाँ पुगेको यसअघि संसदीय समितिमा अर्थ मन्त्रालयका अधिकारीहरुले जानकारी गराएका थिए ।
हेर्नुहोस् पूर्णपाठ -










