दमक/दमकमा रहेको झापा मोडल इङ्लिस स्कूल (जेम्स) ले जिल्लामा आफुलाइ फरक रुपमा उभ्याउन सफल भएको छ । अन्तराष्ट्रिय अभ्यासहरुलाइ प्रयोग गर्दै रचनात्मक सीप र शिक्षालाइ संगसंगै लैजाने विद्यालयको रुपमा उभ्याएको पाईएको हो ।

नेपाल सरकारको अनुमति र सहकार्यमा ब्रिटिस काउन्सिलले प्रदान गर्ने गरेको इन्टरनेसनल स्कुल अवार्ड (ISA) पाएपछि यसको चर्चा झनै नीजि बिद्यालयहरुमा चुलिएको छ । देशभरमा सयौले दिएको आवेदनमा छनौट भएर १९ वटामा पर्न सफल भएको हो ।

यसका लागि प्रत्यक्ष आएर बिद्यालयले गरेका कृयाकलाप र बिद्यार्थीले गरेका कामहरु मूल्याङ्कन हुने गरेको छ । त्यसमा सफल भएर सन् २०१७ देखि सन् २०२० सम्म यस कार्यक्रममा जेम्स सामेल हुनेछ ।

पाठ्यक्रममा आधारित कनेक्टीङ क्लास रुम परियोजना अन्तर्गतको इन्टरनेसनल स्कुल अवार्डको लागि विद्यालयले विस्तृत परियोजना पेस गरेर छनौट भएपछि नीजि बिद्यालयहरु यो कार्यक्रममा सहभागि हुन पाउने बताइन्छ ।

प्रीन्सिपल सागर श्रेष्ठ

कनेक्टीङ क्लास रुम परियोजनाले विश्व बिद्यालयको जस्तो सिकाइ प्रक्रिया हुने बताइन्छ । यसले विश्वलाइ जोडने जनशक्ति उत्पादन गर्ने जनाइन्छ । बिद्यालयहरुले अन्तराष्ट्रिय स्तरको शिक्षा दिन, बिद्यार्थी र शिक्षकहरुलाइ नयाँ शैलीको शिक्षण शैलीका बिकासमा पनि यसले सहयोग पुग्ने उल्लेख छ ।

यसले स्कुलहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षणको लागि सहयोग गर्नुको साथै विद्यार्थी तथा शिक्षकहरुलाई विश्यव्यापी समाजमा अन्य देश, अर्थतन्त्र र संस्कृति तथा नविनतम शिक्षण पद्धती अपनाउन सहयोग गर्ने जनाइन्छ । यसमा शिक्षकहरु र बिद्यार्थी दुबैले लाभ लिन सक्छन् ।

ब्यवहारिक सीप सिक्दै बिद्यार्थी

स्कूलका प्रीन्सिपल सागर श्रेष्ठका अनुसार यो अवार्ड पाउनको लागि विद्यालयका विद्यार्थीहरुले विभिन्न रचनात्मक काम गरेर देश तथा विदेशका थुप्रै विद्यालयसँग प्रतिस्पर्धा गरिएको थियो । विद्यार्थीहरुलाई रचानत्मक, सिर्जनशिल, ब्यवहारिक, सामाजिक, सास्कृतिक लगायत समाजका बिभिन्न पाटाहरुसंग जोडेर सिकाइ पद्धतीमा आधारित रहेका कारण यो सफलता मिलेको श्रेष्ठको भनाइ छ । यो हाम्रो लागिमात्र नभएर दमकका लागि नै गौरवको बिषय हो, श्रेष्ठ बताउछन् ।

शिक्षकहरू र बिद्यालयका लिडरहरुको लागि व्यावसायिक विकास, बेलायत र नेपालका स्कूलहरू बीच स्थायी समझेदारी, नीति निर्माताहरूको लागि व्यावसायिक कुराकानीको अवसर यसले प्रदान गर्ने ब्रिटिस काउन्सिलको भनाइ छ ।

यो पुरुस्कार र प्रोत्साहनले युवाहरूलाई ज्ञान र दक्षतासँग जीवन बिताउन र विश्वव्यापी अर्थव्यवस्थामा काम गर्न लैजान सफल हुनेछ । युवाहरूको लागि सुधारनात्मक शिक्षा परिणामहरू आउनेछ ।

सामुहिक रचानत्मक सिकाइ पद्धती

बिद्यार्थीले के पाउछन ?
यस कार्यक्रममा सहभागि भएका बिद्यार्थीहरुले नेतृत्व विकास र ब्याक्तित्व विकास, सञ्चार र समन्वय, रचनात्मक सोचको विकास, समस्या सामधान गर्न सिकाउने, फरक सोच राख्न सक्ने क्षमता विकास, प्राविधिक ज्ञानमा पोख्त बनाउने प्रीन्सिपल श्रेष्ठ बताउछन् ।

बेलायत जाँदै तीन शिक्षक
यसैबीच यस कार्यक्रमलाइ सफल बनाउन र बिद्यालयमा अन्तराष्ट्रिय अभ्या2.सलाइ ब्यवहार उतार्नका लागि बेलायतका प्रख्यात स्कूल सेन्ट मैरी स्कूलमा तीन जना स्कूल सञ्चालक र शिक्षकहरु जाँदैछन् । स्कूलका फाउण्डर जयबहादुर श्रेष्ठ, प्रीन्सिपल सागर श्रेष्ठ र जसमिन श्रेष्ठ त्यहाँ जानेछन् । यो ब्रिटिस काउन्सिलले नै ब्यवस्थापन गर्ने हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah