सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश गराउदै प्रचण्डले आफ्नो निवास खुमलटारमा विप्लव समेत यसैगरि पार्टीमा आउने दाबी गरेका छन् ।
समय अभावका कारण धेरै कुरा गर्न नसकिने भन्दै प्रचण्डले जनताको हितमा आफैले लडेर ल्याएको अधिकारको रक्षा गर्दै यसलाई सदुपयोग गर्न समेत आग्रह गरेका छन् ।
समय मै नेताहरुले बुद्धि पुर्याएको भन्दै क्षमता, सक्रियताको आधारमा पार्टीमा जिम्मेवारी दिने कुरामा कुनै कमी नहुने समेत प्रष्ट पारेका छन् ।
कुनै किसिमको डर नमानेर पार्टीमा काम गर्न निर्देशन दिएका उनले भने, तपाईहरुको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मा मेरो भो । एभरेस्ट दैनिक बाट










