काठमाडौं । अभिनेत्री जान्बी बोहोराले आफुले अध्ययन गरेको सिन्धुपाल्चोकको टेकानपुर स्थित कालिका माबिमा आफ्नै पहलमा पुस्तकालय शिलान्यास गराएकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फेसबुकमा शिलान्यास समारोहका तस्बिरहरु पोस्ट गर्दै जान्वीले लेखेकी छिन्–ुआफ्नो ठाँउ, आफ्नो गाँउ, आफ्नै परिवेश । जहाँ क, ख सिकें, जहाँ पूर्बिय सभ्यताको ज्ञान हासिल गरें, जहाँ जिवन र जगतबारे प्रारम्भिक ज्ञान हासिल गरे ।

आज त्यही ठाँउ अर्थात भूकम्पले खण्डहर बनाएको आफु पढेको स्कूल सिन्धुपाल्चोकको टेकानपुर स्थित कालिका माबिमा क्षेत्री समाज बेलायतको सहयोगमा म आफैं अध्यक्ष रहेको जान्वी फाउण्डेसन नेपालको संयोजनमा २ कोठे पक्की भवन सहित अत्याधुनिक विद्युतीय पुस्तकालयको शिलान्यासको गरियो ।

यति बेला थोरै भावुक त भएको थिए नै केही मात्रामा यो माटोको उधारो चुक्ता गर्ने प्रयास समेत गरेको छु ।यहाँहरु सबैको सहयोग र सद्भभाबको अपेक्षा गर्दछु ।सहभागीताको लागी सबैलाई धन्यवाद ।’