तेह्रथुम । जिल्लाको ग्रामिण क्षेत्रमा पछिल्लो समय आधुनिक प्रबिधीको बिकास सँगै काठ काट्ने हाते (चेइन(श) मेसिनको प्रयोग बढ्दै गएको छ । छिटो र सहज तरिकाले रूख तथा काठ काट्न सकिने भएपछि जिल्लामा हाते मेसिनको प्रयोग बढ्दै गएको हो ।

केही वर्ष अघिसम्म फाटफुट फर्निचर उद्योगमा मात्र देखिने विद्युतीय मेसिन हिजोआज जताततै देखिन थालेको छ । कम समयमै धेरैभन्दा धेरै रूख लडाउन र काठ काट्न सकिने भएकाले यसको प्रयोग बढ्न थालेको छ । अर्को तर्फ शारीरिक शक्तिसमेत कम खर्च हुने भएपछि काठ व्यवसायी यो मेसिनप्रति आर्क्षित भएका हुन ्। जिल्लामा आइडिल, होन्डा, स्टिहल लगायतका चेइन(श मेसिनहरू प्रयोगमा ल्याइएको छ । यो मेसिनबाट रूखको आकार हेरेर १५ सेकेन्डदेखि बढीमा २ मिनेटसम्ममा रूख काट्न सकिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै रूख लडाएर काठको तक्ति, सरा, भाटा बनाउन पनि यो मेसिनले एकदमै सहज हुने विगत २० वर्षदेखि काठ कटानको काम गर्दै आएका छथर गाउँपालिका २ का लाल बहादुर लिम्बुले बताए। विभिन्न कम्पनीहरूले डिजेल, पेट्रोल, विद्युत र ग्याँसबाट चल्ने चेइन(श मेसिन निर्माण गरेका छन ्। तर तेह्रथुममा भने प्राय पेट्रोलबाट मात्रै चल्ने मेसिन प्रयोगमा आएको देखिएको छ । यो मेसिनको प्रयोगले १ लिटर पेट्रोल बराबर ७ देखि १० थान १२ फिटका सरा तथा तक्ति बनाउन सकिने लिम्बुले बताए ।

केही समय अघिसम्म एउटा घरको काठ चिरान गर्न दुईजनाको जनशक्ति एक महिना खट्नु पर्ने भए पनि अहिले यो मेसिनको प्रयोग हुन थालेपछि ३ देखि ४ दिनमा एकजनाले सक्ने गरेको छथर २ कै सुकबहादुर लिम्बुले बताए । यो मेसिन बजार नआउँदा परम्परागत रुपमा आरा धरान बनाई काठ चिरानी गर्नु पर्दा ज्यादै कठिन हुने गरेको उनले बताए । काठ काट्नका लागी धरान बनाउ मात्रै चिरानी रुख बाहेक ५ देखी ७ वटा रुखको आबश्यकता पर्ने गरेको थियो ।

प्रबिधीको बिकास सँगै प्रयोयमा आएको (चेइन(श) मेसिनले काठ कटान गर्नेलाई मात्र नभई नागरिकहरुलाई समेत राहात मिलेको छ । गाउँको कुनै कुनामा साना तथा ठुला जस्तै रुख भएपनी काटनमा समस्या छैन भन्छन् लिम्बु । पछिल्लो समय जिल्लाको ग्रामिण भेगमा निक्कै लोपप्रिय बनेको छ । यो मेसिन । यसको मूल्य ५५ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म पर्ने यो मेसिन काठ काटनका लागी एकदमै उपयोगी बनेको छ ।पूर्वेली न्युज