भोजपुर । भोजपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । पौवादुङ्मा गाउँपालिका ४ वास्तिम बस्ने १९ वर्षीय किशोरी जानुका पौडेल थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । मंगलबार आफ्नै भान्सा कोठामा घाँटीमा धारिलो हतियार प्रयोग भएको अवस्थामा जानुकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्याको आशंकामा श्रीमान १९ वर्षीय रमेश पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक केशब कुमार थेवेले बताए । शवको आवशयक कानुनी पक्रियापुरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीको भनाई छ । जानुकाको २ महिनाको बच्चा समेत रहेको जनाइएको छ ।










