दमक/ओम मेची हस्पिटल दमक ७ ले पुर्वमा नै पहिलो पटक बाँझोपन समस्या भएका बिरामीहरुलाइ लक्षित गरेर आँउदो बैशाख १३ गते बृहत स्वास्थ्य शिबिर गर्ने भएको छ ।

भारतको सिलगुढीमा बाझोपन समस्या भएका बिरामीहरुको उपचार हुने न्यू लाइफ फर्टिर्लिटीको सहकार्यमा ओम मेचीले यो स्वास्थ्य शिबिर गर्न लागेको अस्पतालका अध्यक्ष डा. निरञ्जन बोगटीले बताए ।  उनका अनुसार त्यहाँबाट यस सम्बन्धिका बिज्ञहरुले सेवा दिनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ल्याव सुविधा पनि बिशेष छुट उपलब्ध गराउने उदेश्य रहेको जनाईएको छ ।  नेपालबाट भारत जाँदा बिरामीको धेरै खर्च हुने र समयपनि धेरै लाग्ने भएकाले यसले बिपन्न परिवारमा राहत मिल्ने अस्पतालको भनाइ छ ।

दमकका पुराना एवं अनुभवी गाइनोकोलोजिस्ट डा. शंकर हुजदारका अनुसार करिब २० प्रतिशत महिला तथा पुरुषमा कुनै न कुनै प्रकारको बाँझोपना समस्या रहेको पाइन्छ । त्यसैलाइ मध्यनजर गरेर यो स्वास्थ्य शिबिर गरिएको उनले जनाए ।

सकेसम्म धेरैले लाभ पाउन भनेर प्रचारप्रसार अभियानलाइ तिब्र बनाइएको अस्पतालका सागर खनालले बताए । उनका अनुसार दमक र आसपासको क्षेत्रलाइ विशेष लक्षित गरिएको जनाए ।

के हो बाँझोपन ? कुनै दम्पतीले एक वर्षसम्म कुनै परिवार नियोजनको साधन प्रयोग नगरी चाहेको वेलामा गर्भ बस्न सकेन भने त्यसलाई बाँझोपन भनिन्छ । एकपटक पनि बच्चा नभएकालाई प्राथमिक बाँझोपन भनिन्छ भने एकपटक बच्चा भइसकेको छ वा एबोर्सन गरेको छ या डेलिभरी भएर अर्को बच्चा चाहेको वेला पनि एक वर्षसम्म बच्चा भएन भने त्यसलाई पनि बाँझोपन नै भन्ने गरिन्छ ।

बाँझोपनलाई यसरी समाधान गर्न सकिन्छ

पहिलो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्ने ।

कारण थाहा भएपछि कारणको उपचार गर्ने ।

शुक्रकिटको खराबी छ भने त्यो बढाउन लाग्ने ।

बढ्न सकेन भने श्रीमान्को शुक्रकिट लिएर कृत्रिम गर्भाधान गर्ने ।

धेरै नै कम छ भने श्रीमान्कै शुक्रकिट लिएर टेस्टट्युब बेबी जन्माउन सकिन्छ ।

श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने औषधि खाने ।

तौल धेरै छ भने तौल घटाउने ।

इन्फेक्सन छ भने त्यसको उपचार गर्ने ।

पाठेघरमा मासु पलाएर बच्चा बस्न सकेको छैन भने त्यसलाई फाल्नुपर्छ ।

केही पनि कारण छैन र बच्चा बसेको छैन भने कृत्रिम गर्भाधान गर्न सकिन्छ ।

नली नै बन्द छ र अन्य कारणले बच्चा बसेन भने त्यसका लागि टेस्टट्युब बेबी प्रविधि अपनाउन सकिन्छ ।

कसैले डिम्ब नै बनाउदैन वा बनाउन सक्दैन भने अरूबाट डिम्ब लिएर पनि गर्भ बसाउन सकिन्छ ।

पुरुषले चुरोट खान्छ भने छोड्ने ।

लागुऔषधको कुलत छ भने त्यो पनि छोड्नुपर्छ ।

धेरै गर्मी ठाउँमा काम गर्ने छ भने काम परिवर्तन गर्ने । शुक्रकिट निर्माणका लागि अण्डकोशको तापक्रम ३२–३३ डिग्री हुनुपर्छ ।