पोखरा । स्कुटर दुर्घटनामा परी पोखराका संगीतकर्मी श्रीमान् थुलुङ राईको ज्यान गएको छ । हिजो बुधबार राति साढे ९ बजेतिर पोखरा १२ शितलादेवीमा थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठक्कर खाँदा दुर्घटना भएको हो।
स्कुटर दुर्घटनापछि नहरकुलोमा परेका थुलुङ ठूलो पानी भेलको नहरमा परेर साढे १० बजेतिर दुईकुलाको मुहानमा भेटिएका थिए।
भेटिनासाथ उपचारका लागि क्षेत्रिय अस्पताल पोखरा पुर्याईएको भएपनि उनलाई तत्काल अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए। थुलुङको आजै धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।










