भद्रपुर । मोटरसाइकलको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ३ बस्ने ७५ बर्षीया वृद्धा इलमाया अधिकारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत कनकाई ३ स्थित मेरी गोल्ड अस्पताल अगाडी पूर्वबाट पश्चिमतर्फ गइरहेको को १५ प ३२७ नम्बरको मोटरसाइकलले पैदलयात्री अधिकारीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउँकोमा गम्भिर चोट लागेका अधिकारीको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता प्रहरीले मोटरसाइकलसहित चालक मोरङ पथरी शनिश्चरे ८ बस्ने ३९ बर्षीय रामबहादुर कटुवाललाई नियन्त्रणमा लिएको छ ।