काठमाडौं । समायोजन गरी खटाएको स्थानमा नजाने चिकित्सकलाई छुट नहुने सरकारले स्पष्ट पारेको छ । बिहिबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले उहाँहरुका उचित माग सम्बोधन भएको र हुन नसकेका मागहरुलाई वार्ताका माध्यमबाट समाधान गर्ने बताउनुभयो ।
सबै बिषयकाे समाधान आन्दोलन नभएको बताउँदै उहाँले खटाइएको स्थानमा हाजिर हुन चिकित्सकलाई आग्रह गर्नुभयो । एक फरक प्रसंगमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्ट पार्नुभयो । ललिता निवासको जग्गा विवादलाई सरकारले गम्भीर ढंगले छानबिन गरिरहेको उहाँको भनाइ छ ।
सत्यतथ्य पत्ता लगाएर व्यक्तिको नाममा गएको जग्गालाई सरकारी जग्गा बनाउन सरकारले कुनै कसुर बाँकी नराख्ने उहाँको भनाइ छ । जग्गा विवादमा मुछिएका भनिएका नेकपाका महासचिव बिष्णु पौडेलले आफ्नो वक्तव्य जारी गर्दै यस सम्बन्धि स्पष्ट पारिसक्नु भएको मन्त्री बाँस्काेटाकाे भनाइ छ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोलाः– https://www.facebook.com/gokulprasadbaskota/videos/2374020952622395/









