काठमाडौँ । अफ्रिकी मुलुक जाम्बियाकी अवकासप्राप्त एक नर्सले बिगत लामो समयदेखि अस्पतालमा जन्मिएका शिशुहरु साट्दै आएको खुलास गरेकी छन् ।
अस्पतालमा भएका सामान्य कमजोरीको कारण बच्चा साटिने गरेको भएपनि ती नर्सले जानी जानी रमाइलोको लागि बच्चा साट्ने गरेको बताएकी हुन् । एलिजाबेथ नामकी ती नर्सले जानी जानी ५ हजार शिशु साटेको खुलासा गरेकी छन् । उनले अस्पतालको मेटेरनरी वार्डमा बच्चाहरु साट्ने गरेको खुलासा गरेकी हुन् ।
उनले बिगत १२ वर्षदेखि यस्तो गर्दै आएको बताएकी हुन् । उनले आफुमा कुनै स्वार्थ नभएर रमाइलोको लागि यसरी बच्चा साट्ने गरेको बताउँदै आएकी छन् । सन् १९८३ देखि १९९५ बीचको समयमा उक्त अस्पतालमा जन्मिएका शिशुहरु साटिदिएको खुलासा गरेकी छन् । ती नर्सको यस्तो हर्कतका कारण ५ हजार शिशुले आफ्नो आमा बाबू त्यागेर अरुलाई आमा बाबू भन्नु परेको पत्ता लागेको छ ।
आफुले गरेको गल्तीमा पश्चाताप गर्दै जीवनको अन्तिम मोडमा त्यो पापको प्रयाश्चित गर्न चाहेको उनको बताइन् । उनले गरेको यति ठूलो कर्तुतको खुलासा गरेपछि उक्त स्थानमा जाम्बियामा तरंग नै पैदा भएको छ ।










