काठमाण्डौ  /  पुर्व राजा ज्ञानेन्द्र शाहले गद्दी त्याग गरेसँगै वाहिर सरकारले बस्नका लागि दिएको निर्मल निवाशमा समेत नबसेर कहिले थाईल्याण्ड त कहिले अन्यत्रै बस्दै आएका पुर्व युवराज पारश शाह नारायणहिटी दरवार भित्रको महेन्द्र मञ्जिलमा बस्न थालेको राजसस्था पुर्व राजपरिवार निकट स्रोतले जानकारी गराएको छ ।

जनआन्दोलन पछि नागरायणहिटि छाडेका पुर्व राजा ज्ञानेन्द्र शाहलाई सरकारले बस्नका लागि निर्मल निवाश दिएको थियो भने उनकी आमा रत्न राज्य लक्ष्मी शाहलाई वृद्द अवस्था भएको भन्दै नारायणहिटी दरवार परिषरको महेन्द्र मञ्जिल उपलब्ध गराएको थियो । महेन्द्र मञ्जिमा बस्दै आएकी रत्न सँगै बस्ने गरी वाहिर फ्लायटमा बस्दै आएका पुर्व युवराज पारश बुधवार वेलुका देखि महेन्द्र मञ्जिल सरेको स्रोतको भनाई छ । पुर्व राजा मधेष तथा पुर्वी पहाडी जिल्लाको धार्मिक भनिएको तर राजनितिक जस्तो देखिने भ्रमण सकेर काठमाण्डौ जाने दिन नै पुर्व युवराज पारश फ्ल्याट छाडेर महेन्द्र मञ्जिल सरेको वुझिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामो समयदेखि असस्थ्व रहेकी हजुरमुवाको रेखदेखका लागि भन्दै पुर्व युवराज आफु बस्दै आएको फ्ल्याट छाडेर महेन्द्र मञ्जिल सरेको पुर्व राजपरिवार निकटहरुले जानकारी गराएका छन् । तर आफ्नी श्रीमति सँग समेत नबसी एक्लै बस्दै आएका पुर्व युवराज पारश झापाको दमकवाट आफ्ना बुवा आमाको काठमाण्डौ फर्किने दिन नै फ्लायट छाडेर महेन्द्र मञ्जिल सर्नुलाई राजावादीहरुले राजसंस्था फर्किने विषयसँग जोडेर हेर्न अनि व्याख्या गर्न थालेका छन् ।

दमकमा रहेका पुर्व राजाले भेटका लागि वोलाएका पुर्वका राजसंस्था पक्षधर सयौंलाई भेट्ने पुर्व निर्धारीत कार्यक्रम समेत रद्द गरेर अचानक बुधवार वेल्का काठमाण्डौ फर्केका छन् भने उता छोरीहरु पढाउने विषयलाई लिएर वैंकक पुगेकी पुर्व युवराज्ञि हिमानी शाह समेत नेपाल फर्कीने तयारीमा रहेको वताईएको छ । नारायणहिटीवाट वाहिरीएपछि यही सेरोफेरोमा एक्लै बस्दै आएका पुर्व युवराज महेन्द्र मञ्जिल सरेपछि यो विषयलाई राजसंस्था पक्षधरहरुले फरक अर्थमा हिएर व्याख्या गर्न थालेका छन् । पहिलो किताब बाट