इटहरी। नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ ।
काेरीया भाषा पास गर्नकाे लागी बिध्यार्थीलाइ सहज हाेस् भन्ने हेतुले २००८ देखी काठमाण्डाै, पाेखरा लगायतका क्षेत्रमा EPS TRIAL EXAM गराउदै अाएकाे चण्डेश्वरी नेटवर्कले याे वर्षदेखी पुर्वकाे इटहरी,बेलवारी,दमक,बिर्तामाेड,इलाम,फिदिममा एक साथ ट्रायल परिक्षा गराउने भएकाे छ ।
हरेक शनिवार चैत्र ३०,बैशाख ७ गते,बैशाख १४ र दैनिक परिक्षा बैशाख १५ देखी जेठ १५ गते सम्म संचालन हुदैछ । बिध्यार्थीले ट्रायल परिक्षा दिनकै लागी भनेर महिनाै अघिदेखी काठमाण्डाै जानुपर्ने बाध्यता कम गर्नकालागी याे ट्रायल परिक्षा संचालन गरीएकाे हाे । ट्रायल परिक्षा दिदा बिध्यार्थीले ताेकीएकाे समय भित्रमा प्रश्नकाे उतर दिने बानिकाे विकास गराउनुका साथै ट्रायल परिक्षा भरीमा धेरै प्रश्नकाे हल गरी सक्ने भएकाले फाइनल परिक्षा दिनका लागी सहज हुने कुरा चण्डेश्वरीका लागी पुर्वका प्रतिनिधि दिपेन्द्र चाैहानले जानकारी दिनु भयाे ।
EPS परिक्षाकाे २०१९ का लागी पछिल्लाे पटक प्रश्नमा भएकाे फेर बदलले पनि भाषा परिक्षा दिने लाइ केही असहज भएकाे छ । चण्डेश्वरीले बिध्यार्थी लाइ सहयाेग हुने खालकाे प्रश्न पत्र तयार गर्दै अाएकाेले याे असहज लाइ केही हद सहयाेग पुग्ने झापा दमकमा चण्डेश्वरीकाे ट्रायल परिक्षा दिदै गर्नु भएका एल पी अधिकारीले बताउनु भयाे ।
दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेपनि भाषा परीक्षाका लागि माग भन्दा झण्डै ९ गुणा बढी आवेदन परेको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुन गएराति १२ बजेसम्म ९२ हजार ३७६ जनाले आवेदन फारम भरेका छन् ।
कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नेपाली दक्षिण कोरिया जाँदै आएका छन् । कामदार कोरिया पठाउने सम्बन्धमा मेनपावर व्यवसायीको कुनै संलग्नता स्वीकार नगरिएकाले नेपाली कामदार ठगिनेदेखि भनेअनुसारको काम र पारिश्रमिक नपाउने अवस्था छैन । कामदारले आफूले फाराम भर्दाकै क्रममा उल्लेख गरेका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्नेछन् भने कोरिया सरकारले तोकेको श्रमिकका न्यूनतम् पारिश्रमिक पाउँदै आएका छन् ।









